Section 29A
विभागले जरिबानाको रकम दाखिला गर्न आदेश दिन सक्ने:
(१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले दफा २९ को उपदफा (२) मा उल्लिखित एक वा एकभन्दा बढी कसुर गरेको कुरा कारबाहीको प्रक्रिया शुरु हुनु अगावै लिखित रूपमा स्वीकार गरेमा त्यस्तो कसुर गरे बापत लाग्ने जरिबाना रकममा नबढ्ने गरी जरिबाना रकम दाखिला गर्न विभागले त्यस्तो व्यक्तिलाई आदेश दिन सक्नेछ ।
(२) विभागले उपदफा (१) बमोजिमको आदेश दिँदा त्यस्तो आदेशमा त्यस्तो कसुरको विवरण बुझाउनुपर्ने जरिबाना रकम र जरिबाना रकम बुझाउनुपर्ने मिति खुलाउनु पर्नेछ ।
(३) यस दफा बमोजिम विभागले दिएको आदेश अन्तिम हुनेछ।